नुवाकोटमा कोरोना संक्रमितको संख्या ३ सय ६९ पुग्यो



नुवाकोट, कात्तिक ५ । नुवाकोटमा कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमितको सङ्ख्या ३ सय ६९ पुगेको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा जिल्लाका बिभिन्न पालीकाहरुका ५९ जना कोरोना संक्रमण पुष्टी भएको हो ।

सुर्यगढी गाउँपालिकाका २४ पुरुष र १२ महिला, शिवपुरी गाउँपालिकाका ७ पुरुष, दुप्चेश्वर गाउँपालिकाका ५ पुरुष र एक महिला ,ककनी गाउँपालिकाका ४ पुरुष र एकमहिला तथा विदुर नगरपालिकाका ३ महिला र २ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या २ सय १८ पुगेको स्वास्थ्य कार्यालयका सुचना अधिकारी उत्तम खनालले बताए । हाल सम्म नुवाकोटका एकसय ४७ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्