दशैँ बिदामा पनि कोभिड अस्पतालहरू सञ्चालन हुने



काठमाडौं कात्तिक ५ ।

दशैँ बिदामा पनि कोभिड १९ अस्पतालहरू आवश्यकताअनुसार सञ्चालन हुने भएका छन् ।

स्वावस्थ्य तथा जनसंख्या मन्त्रालयले दशैँ बिदामा पनि कोभिड अस्पतालहरू सञ्‍चालन हुने निर्णय गरेको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आजको नियमित प्रेस ब्रिफिङमा दशैँका समयमा पनि कोभिड अस्पताल सञ्चालन हुने बताए।

उनले कोभिड नियन्त्रण सम्भव भएको भन्दै सबै कोभिड अस्पताल र प्रयोगशालाहरु दशैँ बिदामा पनि सञ्चालन हुने व्यवस्था मिलाउने निर्णय भएको बताए। पछिल्लो समय काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। त्यस्तै, बुधबार थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म संक्रमित हुनेहरूको कुल संख्या एक लाख ४४ हजार ८७२ पुगेको छ।

नेपालमा हाल ४४ हजार ६७६ जना सक्रिय संक्रमित छन्। आज १४ हजार ६७६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २९ हजार ८०० जना होम आइसोलेसनमा छन्। त्यस्तै क्वारेन्टाइनमा रहनेहरूको संख्या ४ हजार ६५ छ ।

पछिल्लो २४ घण्टामा २० हजार ११८ जनाको पिसिआर परीक्षण गरिएको पनि प्रवक्ता गौतमले बताए।

प्रतिक्रिया दिनुहोस्