पूर्वी अफगानिस्तानमा भागदौड हुँदा १५ जनाको मृत्यु



एजेन्सी कात्तिक ५ ।

पूर्वी अफगानिस्तानमा पाकिस्तानको वाणिज्य दूतावास नजिक भागदौड हुँदा १५ जनाको मृत्यु भएको छ ।

धेरैजना घाइते भएको खबर छ । वाणिज्य दूतावास बाहिरको खुला मैदानमा हजारौं अफगानीहरू भिसाका लागि भेला भएका थिए ।

जलालाबाद शहरको प्रान्तीय परिषद्का सदस्य सोहराब कादरीले घटनामा १५ जनाको मृत्यु भएको र तिनमा ११ महिला पनि रहेको बताए ।

दुई अन्य प्रान्तीय अधिकारीहरूले बताएअनुसार, पाकिस्तानको भिसा लिनका लागि तीन हजारभन्दा बढी अफगान नागरिक भेला भएका थिए ।

प्रतिक्रिया दिनुहोस्