अर्थमन्त्री पौडेल र अमेरिकी राजदूतबीच भेटवार्ता



काठमाडौं कात्तिक ५ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि अमेरिकाका राजदूत र्‍याण्डी बेरीबीच बुधबार अर्थ मन्त्रालयमा भेटवार्ता भएको छ ।

भेटमा अर्थमन्त्री पौडेलले नेपाल–अमेरिकाबीचको सम्बन्ध धेरै पुरानो भएको स्मरण गर्दै अमेरिका सरकारले नेपालको विकासमा निरन्तर गर्दै आएको सहयोगको लागि धन्यवाद दिए ।
अर्थमन्त्री र राजदूतबीच द्विपक्षीय आर्थिक सहयोग, कोभिड–१९ महामारीको नियन्त्रण र महामारीपछिको आर्थिक पुनरुत्थानमा हुने सहयोगलगायतका विषयमा छलफल भएको छ ।

राजदूत बेरीले अर्थमन्त्रीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिए । उनले अमेरिकाबाट प्राप्त हुने सहायता कोरोना भाइरस नियन्त्रणमा केन्द्रित गरेको उल्लेख गर्दै अमेरिका सरकारले आउँदा दिनमा पनि नेपाललाई दिने सहयोगलाई निरन्तरता दिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्