सुनसरीमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु



सुनसरी कात्तिक ५ । सुनसरीमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

गढी गाउँपालिका–४ बस्ने उच्च रक्तचापकी दीर्घरोगी महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दागर्दै मृत्यु भएको हो । बराहक्षेत्र नगरपालिकामा ६८ वर्षीय एक पुरुषको पनि मंगलबार राति मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार ती महिलालाई श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक ४ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना गरेको राति नै महिलाको मृत्यु भएको डा श्रेष्ठले बताए ।

मधुमेह र उच्च रक्तचापका दीर्घरोगी समेत रहेका होम आइसोलेसनमा बसेका पुरुषको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्