अति आवश्यक नभई घरबाहिर ननिस्कन जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रह
काठमाडौं कात्तिक ४
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वसाधारणलाई अति आवश्यक नभई घरबाहिर ननिस्कन अपिल गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले मंगलबार यस्तो अपिल जारी गरेका हुन्। दसैं नजिकिँदै गर्दा जिल्लाभित्रै तथा देशव्यापी रुपमा मानिसको आवतजावत तथा भीडभाडका कारण संक्रमणको जोखिम झन् बढ्न सक्ने प्रशासनले जनाएको छ।
अपिलमा ३१ भदौमा जारी निषेध आदेशको पूर्ण पालना गर्न गराउन भनिएको छ। सबैको साझा शत्रुका रुपमा देखापरेको कोरोना भाइरसबाट आफू बच्ने र अरुलाई पनि बचाउने उद्येश्यका साथ सरकारले जारी गरेको स्वास्थ्य सुरक्ष सम्बन्धी मापदण्ड इमानदारीपूर्वक पालना गर्न प्रशासनले अनुरोध गरेको छ ।