कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने सरकारको निर्णय मौलिक हकविपरीत : जसपा



काठमाडौं कात्तिक ३ । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोरोना संक्रमितको नि:शुल्क परीक्षण तथा उपचार नगर्ने नेपाल सरकारको निर्णय मौलिक हकविपरीत रहेको ठहर गरेको छ ।

जसपाको सोमबार काठमाडौंमा बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले कोरोना संक्रमितको नि:शुल्क उपचार तथा परीक्षण नगर्ने नेपाल सरकारको निर्णयलाई जनताको संवैधानिक मौलिक हकविपरीत भन्दै यस्ता अमानवीय निर्णयको निन्दा तथा भर्त्सना गरेको नेता मनिष सुमनले जानकारी दिए ।

बैठकले सबै तहका सांसदलाई प्राप्त दसैं खर्च फिर्ता गर्ने निर्णयसमेत गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्