सांसदहरुले पाउने दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने सत्तारुढ नेकपाको निर्णय
काठमाडौं कात्तिक ३ । सांसदहरुले पाउने दसैं भत्ता बापतको रकम सरकारले स्थापना गरेको कोरोना कोषमा जम्मा गर्ने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले निर्णय गरेको छ ।
नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सांसदहरुले लिने दशैं खर्च वापदको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् । कोरोना भाइरसका कारण देश गम्भीर आर्थिक संकटमा रहेका बेला सांसदहरुले भत्ता लिएको भन्दै चर्को आलोचना भएपछि नेकपाले उक्त निर्णय लिएको हो । दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको राष्ट्रियसभामा नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिए।
सत्तारुढ नेकपाका प्रतिनिधिसभामा १ सय ७४ जना र राष्ट्रियसभामा ४६ जना सांसद छन् ।