काठमाडौं उपत्यकामा २३ सय ८८ सहित नेपालमा थपिए ३ हजार ७९० कोरोना संक्रमित



काठमाडौं कात्तिक ३ । उपत्यकामा २३ सय ८८ सहित नेपालमा ३ हजार ७९० कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा देशभर ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको हो । २४ घण्टामा १५ हजार ७१४ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना संक्रमितको संख्या पुगेको छ ।

सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकामा २३ सय ८८ जना संक्रमित देखिएको जनाए । उनका अनुसार काठमाडौंमा २००८, ललितपुरमा २८१ र भक्तपुरमा ९९ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकामा २३ सय ८८ जना संक्रमित देखिएको जनाए । उनका अनुसार काठमाडौंमा २००८, ललितपुरमा २८१ र भक्तपुरमा ९९ जना संक्रमित थपिएका छन् ।

२४ घण्टामा २३ सय ३५ निको भएर घर फर्किएका छन् । यो सँगै देशभर ९४ हजार ५०१ पुगेको छ । सोही अवधिमा १८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्