चर्चित हास्यकलाकार शिवहरि पौडेललाई मातृशोक, ‘आमा, फेरि पनि मलाई माफ गर्नुहोला’



काठमाडौं कात्तिक ३ । चर्चित हास्यकलाकार तथा निर्देशक शिवहरि पौडेललाई मातृशोक परेको छ । उनका सय वर्षीया आमा गंगादेवी पौड्यालको आइतबार राति ११ बजे निधन भएको कलाकार पौडेलले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

उनले फेसबुकमा लेखेका छन् – ‘दुःखद् खबर लेख्न बाध्य भएँ आमा । एउटा छोराले गर्ने कर्तव्य मैले गरेँ कि गरिनँ, मलाई थाहा छैन आमा । १०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनु भो, त्यसपछि हजुरलाई बचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला । स्वर्गमा वास होस् मेरी प्यारी आमा ।’

कलाकार पौडेलले देशविदेशमा भएका सम्पूर्ण आफन्तजनहरुको जानकारीको लागि उक्त दुःखद् खबर आफैले फेसबुकमार्फत सार्वजनिक गर्ने बाध्य भएको समेत वालमा राख्न वाध्य भएको उल्लेख गरेका छन् । उनले अन्त्यमा लेखेका छन् ‘आमा, फेरि पनि मलाई माफ गर्नुहोला ।’

प्रतिक्रिया दिनुहोस्