तीन महिनामा २ अर्बको मोबाइल आयात
काठमाडौं, कार्तिक ३ । गत आर्थिक वर्षको तुलनामा चालू आव २०७७/७८ को पहिलो ३ महीनामा र २ अर्बले मोबाइलको आयात बढेको छ ।
नेपाल मोबाइल फोन आपूर्ति संघको तथ्यांकअनुसार चालू आवको प्रथम त्रैमासिकमा ९ अर्ब १८ करोडको मोबाइल फोन आयात भएको छ, जुन अघिल्लो वर्षको यही अवधिको भन्दा रू। २ अर्बले बढी हो ।
चालू आवको ३ महीनामा कुल २० लाख २२ हजार फोन सेट आयात भएको देखिन्छ । गत वर्षको साउनदेखि असोजसम्म रू। ७ अर्ब १९ करोडका १३ लाख ४४ हजार मोबाइल सेट आयात भएका थिए ।
२ वर्षअघि मोबाइल सेट आयातमा भ्याट फिर्ताको सुविधा खारेज गर्ने सरकारको निर्णयपछि त्यसको प्रत्यक्ष प्रभाव आन्तरिक बजारमा परेको थियो । त्यही कारण आर्थिक वर्ष २०७४र७५ को तुलनामा त्यस वर्ष आयात घटेको थियो ।
अघिल्लो वर्ष केही नीतिगत सहजता भएपछि मोबाइल फोन आयातमा सुधार आएको थियो ।
अहिले समग्र आयात घटे पनि मोबाइल फोनको आयात भने बढेको छ । संघका अध्यक्ष एवम् सामसुङका लागि नेपालको आधिकारिक विक्रेता आईएमई ग्रूपका कार्यकारी निर्देशक दीपक मल्होत्राका अनुसार कोरोनाका कारण भर्चुअल छलफल बढेको र अवैधानिक आयात बन्द भएका कारण बजारमा मोबाइल फोनको माग बढेको बताइएको छ।
यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।