सिन्धुपाल्चोकमा कोरोनाबाट एकैदिन तीन जनाले ज्यान गुमाए, कुल मृत्यु संख्या ११ पुग्यो



सिन्धुपाल्चोक, कात्तिक २ । सिन्धुपाल्चोकमा कोरोनाबाट आइतबार एकै दिन थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोटेकोसी गाउँपालिका ३ का ६० वर्षीय पुरुष, बाह्रबिसे नगरपालिका ३ का १९ वर्षका पुरुष र स्थानीय तह खुल्न नसकेका ६१ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

भोटेकोसी र बाह्रबिसेका दुई पुरुषको शिक्षण अस्पताल महाराजगञ्जमा आइतबार मृत्यु भएको हो भने अर्का ठेगाना नखुलेका पुरुषको अल्का अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ अधिकृत दुर्गादत्त चापागाईले बताए । यो सँगैं सिन्धुपाल्चोकमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको हो ।

यसअघि कोरोनाका कारण इन्द्रावतीका १, त्रिपुरासुन्दरीका २, पाँचपोखरीका १, बाह्रबिसेका ३, भोटेकोसीका २ र मेलम्चीका १ जनाको मृत्यु भइसकेको छ । बितेको २४ घण्टामा जिल्लामा नयाँ संक्रमित भने थपिएका छैनन् । ठेगाना खुल्न नसकेका एक मृतकमा कोरोना संक्रमण पुष्टि भएसँगैं जिल्लामा कुल संक्रमितको संख्या ३ सय ६१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्