तीन दिनसम्म लक्षण नदेखिएका संक्रमितलाई १० दिनमै डिस्चार्ज गरिने



काठमाडौं कात्तिक २ ।

अस्पतालमा भर्ना भएका कोरोना संक्रमितलाई तीन दिनसम्म लक्षण नदेखिएमा १० दिनमै डिस्चार्ज गरिने भएको छ।

अस्पतालमा भर्ना भई तीन दिनसम्म लक्षण वा चिन्ह नदेखिएमा १० दिनमै डिस्चार्ज गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको प्रेस ब्रिफिङमार्फत जानकारी दिए। यसअघि तीन दिन सम्म लक्षण नदेखिएमा १४ दिनपछि मात्रै डिस्चार्ज गरिन्थ्यो।

‘संक्रमितहरूको डिस्चार्ज सम्बन्धमा भएको हालको व्यवस्था अनुसार १४ दिनमा लक्षण नभएका तथा लक्षण हराएको तीन दिन भएका व्यक्तिहरूलाई डिस्चार्ज गर्ने भनिएकोमा अब उप्रान्त पछिल्लो तीन दिन चिन्ह र लक्षण नभएमा १० दिनमा डिस्चार्ज गरिने छ’ प्रवक्ता गौतमले भने।

त्यसरी डिस्चार्ज भएका व्यक्ति कम्तिमा पनि ७ दिन होम आइसोलेशनमा अनिवार्य बस्नुपर्ने सुनिश्चितता गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्