काठमाडौँ उपत्यकामा १ हजार ६ सय ९८ जना कोरोना संक्रमित थपिए
काठमाडौं कात्तिक २ ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ६ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ४ सय ६९, भक्तपुरमा ९९ र ललितपुरमा १३० जना कोरोना संक्रमित थपिएका हुन्।
पछिल्लो २४ घण्टामा देशभभर २ हजार ९ सय ४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।