जनार्दन शर्माले दशैँ भत्ता पूर्वजनमुक्ति सेनाका घाइतेको उपचारमा खर्च गर्ने



काठमाडौं कात्तिक २ ।

नेपाल कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिधि सभाका सांसद जनार्दन शर्मा प्रभाकरले आफूले पाएको दशैँ भत्ता पूर्वजनमुक्ति सेनाको उपचारमा खर्च गर्ने बताएका छन् ।

सङ्घीय संसद् सचिवालयबाट पाएको भत्ताले कालीकोटका पूर्वजनमुक्ति सेना नरेन्द्र बोहराको उपचारमा खर्च गर्ने शर्माले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

बोहरालाई भेन्टिलेटरमा राखेर उपचार गर्नु परेकाले रकम दिएको उनको भनाइ छ । शर्माले कोरोना महामारीको यस्तो सङ्कटमा सांसदलाई दिने दशैँ भत्ताको रकमले भेन्टिलेटर किन्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्