कैलालीमा मोटरसाइकल गस्तीमा खटिएका प्रहरीको हत्या, १ जना बेपत्ता



काठमाडौं कात्तिक २। कैलालीमा मोटरसाईकल गस्तीमा खटिएका १ प्रहरीको हत्या भएको छ भने १ जना बेपत्ता छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेश कुमार सिंहले शनिबार साँझ ८ बजे अस्थायी प्रहरी पोष्ट जुगेडाबाट ड्युटी गएका एकजना प्रहरीको शव फेला परेको जानकारी दिए । उनका अनुसार जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र जवान राम बहादुर साउन मोटरसाईकल गस्तिमा निस्किएका थिए ।

उनीहरुमध्ये एक जनाको शव मोहना खोलामा घोप्टो परेको अवस्थामा भेटिएको छ । बिहानसम्म ड्युटीबाट नफर्केपछि खोजी गर्दा शव फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस्