उदयपुरमा कार दुर्घटना, पाँच जनाको मृत्यु



उदयपुर,कात्तिक २ । उदयपुरको कटारी नगरपालिका वडा नं १४ भदौरे भीरमा स्कारपिओ कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

गएराती भएको दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन् । भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.२०.प.७१७१ नम्बरको स्कारपियो कार राती १२ बजे सिद्दिचरण लोकमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेहरुमा ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्की रहेका छन् ।

मृत्यु भएकामध्ये तीन जनाको पहिचान खुलेको छैन । दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रुपन्देही त्रिगम्वा नगरपालिका–४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि विराटनगर पठाइएको छ । प्रहरीले राति ब्रेक फेल भएर स्कोरपिओ दुर्घटना भएको हुन सक्ने अनुमान गरेको छ ।

गाडी सडकबाट करिब एक किलोमिटर मिटर तल खसेको छ । उनीहरु सबै जना भारतबाट दशै मान्नका लागि घरतर्फ आउनेक्रममा भैरहवा क्वारेन्टाइनमा बसेर गाडी रिर्जभ गरी गएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्