आज बडादशैँको पहिलो दिन घटस्थापना, घरघरमा जमरा राखिदै



काठमाडौं, कार्तिक १। आज बडादशैँको पहिलो दिन समस्त हिन्दुले आफ्नो मूलघरको पूजाकोठामा जमरा राखेर यस पर्वको सुरुवात गर्दैछन् ।

पूजाकोठाको भुइँलाई गाईको गोबरले लिपेर चोखो पारी चोखो बालुवा वा माटोमाथि दियो कलश गणेश स्थापना गरी टपरी भिँगुट माटो वा तामाको भाँडामा गोबर टाँसेर जौ र गहुँ मिसाएर घटस्थापना गर्ने प्रचलन छ ।

शनिबार परेको घटस्थापनाको साइत बिहान ११ः४६ बजे उत्तम रहेको ज्योतिषी डा सुनील सिटौलाले बताएका छन् । यसैदिनदेखि नौ दिनसम्म विभिन्न शक्तिपीठमा पूजाअर्चना गर्दै नवरात्र मेला आरम्भ भए पनि योपल्ट कोरोना सङ्क्रमणका कारण मुलुकका सबै शक्तिपीठ देवस्थलमा जमघट गर्न र मेला भर्न निषेध गरिएकोले घरघरमै नवरात्र दुर्गा भवानीको आराधना गर्न सरकारले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्