दसैंपछि सरकारविरुद्ध आन्दोलन हुन्छ: देउवा
काठमाडौं असोज ३० ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै दसैंपछि कार्यक्रम बनाएरै सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् ।
कांग्रेसले सहमहामन्त्री डा. प्रकाशसरण महतको संयोजकत्वमा गठन गरेको कोभिड–१९ अनुगमन समितिको प्रतिवेदन बुझ्दै देउवाले कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणमा सरकारले पटक्कै वास्ता नगरेको बताए ।
‘जनताको जीवन जोगाउनतर्फ ध्यान दिनुस भनेर मैले पनि पटक पटक आग्रह गरेको हो तर, सरकारले मानिसहरु मरे मरुन् भन्ने सोच राखेको छ। उनले सरकारले स्वास्थ्य पूर्वाधार र उपकरण व्यवस्थापन गर्ने कामै नगरेको भन्दै अवस्था भयावह भइसकेको बताए।
स्वास्थ्यका न्यूनतम मापदण्ड अपनाउने विषयमा पनि सबैलाई सचेत गराउनु जरुरी रहेको सभापति देउवाले बताएका थिए ।