थप ४ हजार ३९२ जनामा कोरोना पुष्टि,३५ सय २२ जना डिस्चार्ज



काठमाडौं असोज ३० ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख २६ हजार १३७ पुगेको छ। पछिल्लो २४ घण्टामा १६ हजार ५३१ जनाको पीसीआर परीक्षण गरिएको छ। हालसम्म १२ लाख ५४ हजार १६७ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तजा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

आज ३७ हजार ३८२ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये १२ हजार ३३६ जना संस्थागत आइसोलेसनमा र २५ हजार ४६ जना होम आइसोलेसनमा छन् । ४ हजार ८०४ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

आज ३ हजार ५२२ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। योसहित कोरोना संक्रमणमुक्त भएपछि डिस्चार्ज हुनेको संख्या ८८ हजार ४० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्