रेम्डिसिभिर औषधि आयात र बिक्री गर्न तीन कम्पनीलाई अनुमति



काठमाडौं असोज ३० ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका बिरामीमा प्रयोग हुने रेम्डिसिभिर औषधि आयातका लागि तीन कम्पनीलाई अनुमति दिएको छ ।

नेपालका दुई र भारतको एक कम्पनीलाई आयात तथा बिक्रीका लागि अनुमति दिइएको हो । मन्त्रालयले एक सूचना जारी गर्दै नेपालका दुई कम्पनी यती फार्माकेम डिस्ट्रिब्युटर्स प्राइभेट लिमिटेड ललितपुर, सिनर्जी ओभरसिज प्राइभेट लिमिटेड काठमाडौं छन् ।

यस्तै भारतको हेट्रो ल्याब्स् लिमिटेडलाई पनि रेम्डिसिभिर आयात तथा बिक्रीका लागि अनुमति दिइएको हो । भारतलाई रेम्डिसिभिर औषधि आयात तथा बिक्रीका लागि सूचीकृत गरिएको मन्त्रालयले जनाएको छ ।

रेम्डिसिभिर औषधि प्रयोग गरिरहेका कोभिड १९ उपचार गर्ने अस्पतालले चिकित्सकको सिफारिसमा माथि उल्लेखित सूचीकृत फर्म र फार्मेसीमा सम्पर्क राख्नुपर्ने पनि मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

रेम्डिसिभिर नेपालमा क्लिनिकल ट्रयालका रुपमा प्रयोग भएको औषधिसमेत हो ।

प्रतिक्रिया दिनुहोस्