नवरात्रका समयमा शक्तिपिठमा नित्य पूजा बाहेकका गतिविधिमा रोक लगाउन गृहको निर्देशन
काठमाडौं असोज ३० ।
गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई नवरात्रका समयमा शक्तिपिठ तथा मठमन्दिरमा नित्य पूजा बाहेकका गतिविधिमा रोक लगाउन निर्देशन दिएको छ ।
धार्मिक स्थलमा मानिसहरुको जमघट हुँदा कोरोना भाइरसको संक्रमण फैलन सक्ने जोखिम रहने भन्दै गृहले सबै जिल्ला प्रशासन कार्यालयलाई त्यस्तो परिपत्र गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले स्वास्थ्य मन्त्रालयले यी गतिविधिहरुमा रोक लगाउन लिखित आग्रह गरेका कारण सोही बमोजिम परिपत्र गरिएको जानकारी दिए ।
यस वर्षको नवरात्र शनिवारदेखि सुरु हुँदैछ।