बानेश्वरमा ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार
काठमाडौं असोज २९ ।
मध्य बानेश्वरमा रहेको ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ ।
सुरक्षा गार्ड रुद्रबहादुर गुरुङले बोकेकै खुकुरी झिकेर अपरिचित व्यक्तिले प्रहार गरेका हुन् । सुरक्षा गार्डको हातमा चोट लागेको र उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज लगिएको हो ।
अनुसन्धानका क्रममा बा ६८ प २०५८ नम्बरको स्कुटरमा आएका व्यक्तिले खुकुरी प्रहार गरेको खुलेको छ । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । बैंकमा पैसा साट्न लाइनमा बस्दा विवाद हुँदा सुरक्षा गार्डकै खुकुरी झिकेर प्रहार गरिएको खुलेको छ ।