वाग्मती प्रदेश : तातोपानीमा ‘बीओपी’



सिन्धुपाल्चोक असोज २९ । सिन्धुपाल्चोकको तातोपानी नाकामा बुधबारदेखि सशस्त्र प्रहरी बलको ‘बीओपी’ स्थापना गरिएको छ ।

मन्त्रिपरिषद्को गत असार २९ को निर्णयअनुसार बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठको उपस्थितीमा भोटेकोसी गाउँपालिका वडा २ तातोपानीमा ‘बोर्डर आउट पोष्ट’ स्थापना गरिएको हो । बीओपीको लागि तत्कालीन सीमास्थित सशस्त्र प्रहरी बल २२ नं गुल्म हेडक्वाटर (राजश्व–भन्सार गस्ती सुरक्षा) को एक ब्यारेक, शौचालय, भवन प्रयोगमा ल्याइएको छ । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालय छेउमा राखिएको बिओपीले सीमा सुरक्षामा गस्ती गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्