धनगढीमा ग्यास लिक हुँदा घरमा आगलागी, तीन जना घाइते



काठमाडौं, असोज २८ ।

धनगढीमा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा तीन जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीकाका अनुसार धनगढी उप–महानगरपालिका– ८ नवदुर्गा मन्दिर नजिकै बस्दै आएका स्थानीय हरिलाल विष्टको घरमा प्रयोग भएको खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा तीन जना घाइते भएका हुन् ।

घाइते हुनेमा ७० वर्षका घरधनी विष्ट सहित ६५ वर्षीया बिमला विष्ट र १५ वर्षीया महेश्वरी विष्ट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतिक विष्टले बताए।

घाइते सवैको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रवक्ता विष्टले बताए ।घरमा राखेको ग्यास लिकेज भएर विस्फोट भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्