कात्तिक ७ देखि क्लिन फिड लागू हुने , विदेशी च्यानलमा विज्ञापन प्रसारण गरे कारबाही



काठमाडौं असोज २८ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुलाई कार्तिक ७ गतेभित्र विज्ञापनरहित क्लिन फिड प्रसारण गर्न गराउन अनुरोध गरेको छ ।

बुधबार मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडीले एक विज्ञप्ति जारी गर्दैै कार्तिक ७ गतेभित्र विज्ञापनरहित क्लिन फिड प्रसारण नभएमा प्रचलति कानून अनुसार कार्वाही हुने चेतावनी समेत दिएका छन् । कात्तिक ७ गतेदेखि सरकारले नेपालमा बिना विज्ञापनका विदेशी च्यानललाई मात्र प्रसारण अनुमति दिने भएको छ।

जारी विज्ञप्तिमा इन्डियन बोर्डकास्ट फोरम, डिस्कभरी नेटवर्क, बीबीसी न्युज र नेपाल केबल टेलिभिजन महासंघ लगायतका संघ संस्थाहरुबाट विज्ञापनरहित क्लिनफिड प्रसारणको म्याद थप गर्न गरिएको विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै कार्तिक ७ गतेभित्र विज्ञापनरहित –क्लिनफिड प्रसारण गर्नुपर्ने व्यवस्था ऐनद्वारा नै गरिएको र ऐनद्वारा नै एक वर्षको तयारी अवधिको समेत व्यवस्था भएकोले ऐनको मर्म र भावनाअनुरुप तोकिएको मितिमै क्लिनफिड लागू गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्