नेकपाका प्रमुख सचेतक देव गुरुङलाई कोरोना संक्रमण
काठमाडौं, असोज २७। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ । गुरुङले आइतबार गरिएको स्वाब परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।
गुरुङमा कोरोना भाइरसको सामान्य लक्षण देखिएको र हाल आफ्नै निवासमा आइसोलेशनमा बसेको जनाइएको छ ।