उपत्यकामा पछिल्लो २४ घण्टामा २१२९ जनामा कोरोना पुष्टि



काठमाडौं, असोज २७ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २१ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर  ३५ सय  ५६ जनामा कोरोना पुष्टि भएकोमा उपत्यकाका जिल्लामा मात्रै २१  सय २९ जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १५  हजार ५ सय  ७७  जनाको पिसीआर परिक्षणमा  ३५ सय ५६ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।

त्यसैगरी बितेको २४ घण्टामा  १५०३ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । हालसम्म निको भई घर फर्कनेको सख्या  ७८ हजार ७ सय ८० रहेको छ । काठमाडौं  उपत्यकामा थपिएका मध्ये काठमाडौंका  १७ सय ४६ जना र ललितपुरका २ सय १६ जना र भक्तपुरका १ सय ६७ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या  १ लाख १५ हजार ३ सय ५८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्