वाग्मती प्रदेशमा कोरोना संक्रमित ५२ हजार १२ पुगे
काठमाडौं असोज २७ । वाग्मती प्रदेशमा कोरोना संक्रमितको संख्या ५२ हजार १२ पुगेको छ । यो असोज २६ गतेसम्मको तथ्यांक हो ।
सोमबारमात्रै प्रदेशका १३ जिल्लामा दुई हजार ६ सय १ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय वाग्मती प्रदेशका अनुसार मन्त्रालयका अनुसार सबै भन्दा धेरै संघीय राजधानी काठमाडौंमा ३५ हजार ६ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ।
ललितपुरका चार हजार ९ सय ८४, भक्तपुरका तीन हजार चार सय ७६, चितवनका तीन हजार ८०, मकवानपुरका एक हजार ९ सय ३३, काभ्रेपलाञ्चोकका नौ सय ३३, धादिङका ६ सय ६८, नुवाकोटका तीन सय २०, सिन्धुपाल्चोकका दुई सय ६५, सिन्धुलीका दुई सय ६४, रामेछापका दुई सय ५३, दोलखाका एक सय ७३ र रसुवाका ३२ जनाका संक्रमण पुष्टि भएको छ।
वाग्मतीमा हालसम्म कोरोना संक्रमण निको भइ डिस्चार्ज हुनेको संख्या २९ हजार ३ सय ८९ छ। २२ हजार ३ सय ५० जना उपचाररत छन्। प्रदेशमा संख्या दुई सय ७३ जनाको ज्यान गइसकेको छ। जसमा काठमाडौंमा १३७ जनाको ज्यान गइसकेको छ। त्यस्तै भक्तपुरमा २८ र ललितपुरमा ३९ जनाको ज्यान गएको छ ।