अछाममा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु



अछाम असोज २७ ।

अछाममा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । साँफेबगर नगरपालिका वडा नं ७ रिडीकोटमा सोमवार सााँझ भएको ट्रयाक्टर दुर्घटनामा १८ वर्षीय राजु नगाजीको मृत्यु भएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार सोमबार साँझ बालुवा बोकेको से१त ८३३८ नंको ट्रयाक्टर दुर्घटना हुँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परी ट्रयाक्टरमा सवार अन्य दुई जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको थप कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्