उपत्यकाका ३ जिल्लामा २४ घण्टामा २२ सय ८३ जना संक्रमित



काठमाडौं असोज २६ । उपत्यकाका तीन जिल्लामा एकैदिन २२ सय ८३ जना कोरवना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयको सोमबारको पत्रकार सम्मेलनमा काठमाडौं १८ सय ८८, ललितपुरमा २७७ र भक्पुरमा ११८ जनामा कोरोना पुष्टि भएको हो ।

२४ घण्टामा १४ हजार ५ सय ३० पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । सोमबार देशभरी भने ४ हजार ४७ जना कोरोना संक्रमित फेला परेका छन् ।

प्रतिक्रिया दिनुहोस्