भक्तपुरका गेष्ट हाउसहरुबाट ७ महिलासहित १४ जना पक्राउ



काठमाडौं असोज २५ । प्रहरीले भक्तपुरको ठिमी क्षेत्रका गेष्ट हाउसहरुबाट ७ महिलासहित १४ जनालाई पक्राउ गरेको छ ।

ठिमी प्रहरीले शनिबार सुनकोसी गेष्ट हाउस, सनसाइन गेष्ट हाउस र बालकुमारी गेष्ट हाउसमा छापा मारेर धनुषाको धारापानीका कमल गिरी, मध्यपुर ठिमी नगरपालिका ७ बस्ने रमेश घजु र दोलखाको भिमेश्वर–४ का महिलालाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार सनसाइन गेष्ट हाउसका धनी रामेछापको उमाकुण्ड–२ का दिलध्वज खड्का, दाङको राजपुरकी महिला, मोरङको केराउन–४ का महिला, भक्तपुरको चाँगुनारायण–७ का पुरुष र भोजपुरको षडानन्द–११ का पुरुष पनि पक्राउ परेका छन् ।

यसैगरी बालकुमारी गेष्ट हाउसका धनी कालिकोटको नरनाथ–५ का नरेश बोगटी, सिन्धुलीको गैरीगाउँ–४ की महिला, काभ्रेको रोशी–२ की महिला, सिन्धुलीको भिमान–२ का महिला, सुनसरीको धरानकी महिला र मकवानपुरको कैलास गाउँपालिका–२ का पुरुष पक्राउ परेका डिएसपी ऋषिराम कँडेलले जानकारी दिए । उनका अनुसार उनीहरुमाथि महानगरीय प्रहरी वृत्त ठिमीमा राखेर आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्