डाक्टर केसी र सरकार बीच ८ बुँदे सहमति, आज अनशन तोड्दै



काठमाण्डौ,असोज २५ । डा. गोविन्द केसी र सरकारबीच भएको ८  बुँदे सहमति भएको छ। सहमति ८ बुँदे सहमतिमध्ये ६ वटा बुँदा डाक्टर केसीको माग रहेको श्रोतले जनाएको छ । उल्लेखित बुँदामध्ये ७ नम्बरमा सहमति कार्यान्वयन गराउने विषय उल्लेख छ भनेे ८ नम्बर बुँदामा अनशन तोड्ने विषय छन् ।

सहमतिमा सरकार र डा.केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आउने वर्षदेखि एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने र अन्यत्र २०८० फागुन १० गते भित्र पढाई सञ्चालन गर्ने भनिएको छ ।

यस्तै विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निश्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम् वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने सहमति भएको छ ।

यस्तै चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा. केसीबीच २०७५ साउन १० लाई पनि राख्ने सहमतिमा उल्लेख छ ।

डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्न एक वर्षभित्र प्रक्रिया अघि बढाउने पनि सहमति भएको छ। यी मेडिकल कलेजका सम्भाव्यता अध्ययन प्रतिवेदन प्राप्त भइसकेका छन्।

त्यस्तै, प्रदेश २ को सप्तरीस्थित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका हकमा पूर्वाधार निर्माणलाई तीव्रता दिइनेछ। यसको पूर्वाधार विकास समिति गठन भइसकेको छ।

सहमतिको दोस्रो बुँदाअनुसार कोभिड–१९ को उचित व्यवस्थापनका लागि पिसिआर परीक्षण विस्तार गर्नुका साथै कोभिड तथा अन्य रोगको उपचारका लागि आवश्यकताअनुसार सरकारी अस्पतालको क्षमता विस्तार गरिनेछ।

सहमति पत्र हेर्नुस्

प्रतिक्रिया दिनुहोस्