मानसिक स्वास्थ्य दिवस : नेपालमा करिब ६० लाख मानिसलाइ मानसिक स्वास्थ्य सम्बन्धी समस्या



काठमाडौं असोज २४ ।

मानसिक स्वास्थ्य भनेको मन स्वस्थ्य हुनु हो । हाम्रो मनलाई मस्तिष्कले सञ्चालन गरिरहेको हुन्छ । मस्तिष्कको क्रियाकलाप भनेको सोच्ने, विचार गर्ने, निणर्य गर्ने, सोचाइ, भावना, स्मरणशक्ति सन्तुलन गर्नु हो । मानसिक रूपमा अस्वस्थ्य मान्छेको धारणा, सोचाइ, विचारमा आम मान्छेभन्दा नितान्त फरक हुन्छ । जुन कुरालाई मानसिक अस्वस्थता र मनको रोग भनिन्छ । मानसिक तनावका कारण मानिसलाई थुप्रै रोगहरू लाग्न सक्छ । डिप्रेसन ९निराशापन०, एन्जाइटिक डिसअर्डर, छटपटीको समस्या, त्यस्तै गरेर अनिन्द्राको समस्या हुन्छ । तनावमा मानिसहरूले रक्सी, गाजा, विभिन्न खालका ट्याब्लेटसमेत प्रयोग गर्छन् । धेरै तनाव भयो भने कहिलेकाही रक्सी खानेले पनि धेरै खान्छ । यस्तै पागलपनको समस्या पनि तनावकै कारण हुन्छ ।

नेपालमा मानसिक स्वास्थ्यको अवस्था

नेपालमा मानसिक रोग भएका मानिसको संख्या निरन्तर रूपमा बढ्दो देखिएको छ ्र मानसिक रोगहरू जस्तैः डिप्रेसन, एन्जाइटी, फोबिक एन्जाइटी, स्केजुफेनिया, इपिलिप्सी, आदि रोगहरू मानसिक रोगहरू मध्ये मै धेरै हुनेमा प्रकारमा गनिन्छन् । अझ नेपालको मानसिक रोगको तथ्यांक हेर्ने हो भने अधिकांश व्यक्तिहरू डिप्रेसनको सिकार भएका छन् ।

कुल जनसङ्ख्याको २० देखि २५ प्रतिशत नेपालीलाई यो समस्या छ । अर्थात् ५० देखि ६० लाख नेपालीलाई कुनै न कुनै किसिमको मानसिक तथा मनोवैज्ञानिक समस्या छ । त्यसको ८ देखि १० लाखलाई उपचार गर्नुपर्ने र २ देखि ३ लाखलाई अस्पताल नै भर्ना गर्नुपर्ने अवस्थाका रोगी रहेका छन् । अरू बाँकी सामान्य खालका मानसिक रोगीहरू रहेका छन् ।

मानसिक स्वास्थ्यमा स्केजुफेनिया भनेको कडा खालको रोग हो । यस्तो मानसिक रोग लागेको व्यक्तिलाई तुरुन्तै अस्पताल भर्ना गरेर निरन्तर चिकित्सकको निगरानीमा राख्नुपर्छ । तर । डिप्रेसनसँग लडिरहेका जम्मा १० प्रतिशत मात्र उपचारका लागि मानसिक स्वास्थ्य केन्द्र पुग्ने गरेका तथ्यांक रहेको छ ।

मानसिक स्वास्थ्य र हाम्रो समाज

हाम्रो समाजमा मानसिक स्वास्थ्य प्रति व्यक्तिको बुझाइ, धारणा, सोचविचार अझै पनि सकारात्मक हुन सकेको छैन । मानसिक स्वास्थ्यलाई कलंकको रुपमा हेरिन्छ । मानसिक स्वास्थ्य समस्या देखापर्दा कुल बिग्रेको, देउता चढेको, माता चढेको, बोक्सी लागेको, धामी उत्रेको भन्दै नजरअन्दाज गर्ने परिपाटी हाम्रो समाजमा अझै पनि विद्यमान रहेको छ ।

जैविक९रासायनिक०, सामाजिक एवं मनोवैज्ञानिक कारणले मानसिक समस्या देखापर्ने गर्छ । बदलिँदो समाजिक परिवेश, वैदेशिक रोजगारी, बेरोजगारी, गरिबी, आधुनिकीकरण, सामाजिक सञ्जालको प्रभाव, लागु९पदार्थको सेवन, पारिवारिक झमेला, लैङ्गिक हिंसा, घरेलु हिंसा, यौन शोषण, बलात्कार, लाञ्छना, लैङिगक विभेद, अन्धविश्वास, गलत प्रथा, राजनीतिक अस्थिरताजस्ता कारकतत्वले नेपालमा पनि मानसिक स्वास्थ्य समस्या बढ्दै गएको देखिन्छ ।

शिक्षा र चेतनाको कमी, मानसिक स्वास्थ्यका क्षेत्रमा विद्यमान अन्धविश्वास, दक्ष जनशक्तिको कमी, सरकारी उपेक्षा, बजेटको अभाव, दातृ निकायको यस क्षेत्रमा आँखा पर्न नसक्नु, राष्ट्रिय मानसिक स्वास्थ्य नीति नहुनुजस्ता कारणबाट मानसिक स्वास्थ्यको क्षेत्रमा सोचेजस्तो प्रगति हुन सकेको छैन ।

कोरोनाको कहरले निम्त्याएको मानसिक स्वास्थ्य समस्या

कोरोना भाइरसको महामारीले विश्वव्यापी रुपमा गम्भीर मनोसामाजिक असर सिर्जना गरेको छ । महामारी सुरु भएपछि मानसिक स्वास्थ सेवाको माग अत्यधिक बढेको छ । आफन्तसँगको बियोग, आइसोलेसन, आयमा भएको ह्रास र त्रासका कारण मानसिक स्वास्थ्य प्रभावित भएको छ । कतिपय मानिसहरु अत्यधिक मदिरापान, लागु औषध सेवन, अनिद्रा तथा छटपटीजस्ता समस्याले प्रभावित भएका छन् ।

कोभिड–१९ ले विश्वका ९३ प्रतिशत राष्ट्रमा सघन मानसिक स्वास्थ सेवा अवरुद्ध भएको विश्व स्वास्थ्य संगठनको एक सर्वेक्षणले देखाएको छ । नेपालमा पनि टिपिओ नामक संस्थाले लकडाउनको अवधिमा गरेको सर्वेक्षणमा करिब ५० प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको मानसिक समस्याको लक्षण देखिएको छ । स्वास्थ्य अनुसन्धान परिषद् नेपालले गरेको एक अनुसन्धानमा कोरोना भाइरस महाव्याधिका कारण नेपालमा फ्रन्टलाइनमा खटिने २९ प्रतिशत चिकित्सक, नर्स र ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीमा डिप्रेसनको लक्षण देखिएको छ । उक्त अनुसन्धानमा ३५।७ प्रतिशतमा एन्जाइटी र १७।१ प्रतिशतमा साइकोलोजिकल डिस्ट्रेस रहेको पाइएको छ ।

डिप्रेसनः पुरुषमा भन्दा महिलामा धेरै

डिप्रेसनले पुरुष र महिलालाई उत्तिकै नै प्रभाव पार्छ । यसले यो महिला हो र यो पुरुष हो भनेर भन्दैन । तर, हाम्रो समाजको बनावट, पितृ सत्तात्मक सोच, मनोवैज्ञानिक र सामाजिक सोचका कारण महिलालाई डिप्रेसनको प्रभाव बढी भएको देखिन्छ । विशेषगरि हाम्रा मानसिक स्वास्थ्य केन्द्रमा डिप्रेसनकै समस्या भए पनि मानसिक लक्षणभन्दा पनि शारीरिक समस्या लिएर महिलाहरू आउने गरेका मनोचिकित्सकहरू बताउँछन् ।

मुख्यतः टाउको दुख्ने, पोल्ने, ढाड दुख्ने, झमझमाउने, आदि समस्याहरू लिएर महिलाहरू अस्पताल पुग्ने गर्छन् । यसको अर्थ के भने मानसिक रोग बोकर अधिकाशं रोगीहरू मानोचिकित्सकको टेबलमा पुग्छन् । यदि फिजिसियनले त्यस प्रकृतिका बिरामीका पहिचान गर्न नसकेमा त्यसले अर्को समस्या निम्तयाउन सक्छ ।

मानसिक रूपमा स्वस्थ्य रहनका निम्ति निम्न कुराहरूमा ध्यान दिन वा गर्न सकिन्छः

मनका कुरा साथीभाइ, आफन्त वा मन मिल्ने मान्छेसँग खोल्ने वा भन्ने बानी विकास गर्ने नियमित व्यायाम र आराम गर्ने ।
पोषणयुक्त र सन्तुलित खाना खाने ।
आफ्ना लागि समय निकाल्ने वा धेरै तनावमा नरहने प्रयास गर्ने ।
योग र आरामदायी अभ्यास गर्ने ।
रमाइला क्रियाकलापमा सहभागी हुने प्रयास गरिरहने ।
व्यस्त र तनावग्रस्त जीवनशैलीबाट परिवारका लागि प्रशस्त समय निकाल्ने ।
घरायसी काममा सहयोग गर्ने वा सहभागी हुने बानी विकास गर्ने ।
निरन्तर साथीभाइ वा आफन्तसँगको सम्पर्कमा रहने प्रयास गर्ने ।

प्रतिक्रिया दिनुहोस्