आइपिएल: दिल्ली क्यापिटल्स शिर्ष स्थानमा



एजेन्सी,असोज २४ । दिल्ली क्यापिटलले इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सलाई ४६ रनले पराजित गरेको छ । उस्ले दिएको १८५ रनको लक्ष्य पछाएको राजस्थानले १९.३ ओभरमा अलआउट हुदै १३८ रन मात्र बनाएपछि खेल ४६ रनले हारेको थियो ।

सर्बाधिक ३८ रन राजस्थानका लागि राहुल तेबातियाले बनाएका थिए भने यजश्यी जसिवलले ३४ रन बनाएका थिए । त्यस्तै कप्तान स्टिभ स्मिथले २४ रन बनाए भने जस बटलरले १३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ।त्यस्तै दिल्लीका बलर कागीसो रबाडाले ३ विकेट लिए भने आर आश्विन र मार्कोस स्टोइनिसले २-२ विकेट लिएका थिए । त्यस्तै एनरीच नोर्त्जे, हर्षल पटेल र अक्सर पटेलले एक एक विकेट लिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउदै १८४ रन बनाएको थियो ।दिल्लीका लागि शिमरन हेटमेयरले सर्बाधिक ४५ रन बनाए भने मार्कोस स्टोइनिसले ३९ रन बनाएका थिए । त्यस्तै श्रेयस अय्यरले २२, पृथ्वी शाले १९, अक्सर पटेलले १७, हर्षल पटेलले १६ रन बनाएका थिए । त्यसैगरी राजस्थान रोयल्सका बलर जोफ्रा आर्चरले ३ विकेट लिए भने, कार्तिक त्यागि, एन्ड्रयु टारे र राहुल तेबातियाले एक एक विकेट लिएका थिए ।

यो जितसँगै दिल्ली ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंकका साथ शीर्षस्थानमा पुगेको छ  । मुम्बई ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंक जोड्दै दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्