काठमाडौं उपत्यकामा १४ सय नौजना कोरोना संक्रमित थपिए
काठमाडौं असोज २३ ।
काठमाडौं उपत्यकामा शुक्रबार थप १४ सय नौजनामा कोरोना संक्रमण देखिएको छ ।
उपत्यकाको काठमाडौं जिल्लामा ११ सय १६ जना, ललितपुरमा एक सय ६३ जना र भक्तपुरमा एक सय ३० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर शुक्रबार दुई हजार ६९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १६ सय ८० जना निको भएर डिस्चार्ज भएका छन् ।