परराष्ट्र सचिव बने पौड्याल
काठमाडौं असोज २३ । परराष्ट्र मन्त्रालयको सचिवमा भरतराज पौड्याल नियुक्त भएका छन् । यसअघिका सचिव शंकरदास वैरागीलाई सरकारले मुख्य–सचिवमा नियुक्त गरेपछि पौड्याललाई सचिवमा नियुक्त गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
पौड्याल परराष्ट्र मन्त्रालयमा निवर्तमान सचिव शंकरदास वैरागीपछि वरिष्ठ सहसचिवको रुपमा कार्यरत थिए । यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको रुपमा भूमिका निर्वाह गरिसकेका पौड्याल परराष्ट्र मन्त्रालयमा लामो समयदेखि विभिन्न महाशाखा र नियोगहरुमा काम गरिसकेका छन् ।
यसअघि पौड्यालले प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए ।