प्रधानमन्त्री सचिवालय तीन सदस्य कोरोना मुक्त
काठमाडौं, असोज २३। प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय सदस्य तीनैजना एकैपटक कोरोना संक्रमण मुक्त भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय सदस्य प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराइ तथा प्रेस सल्लाहकार सुर्य थापा एकैपटक कोरोना मुक्त भएका हुन।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराइ तथा प्रेस सल्लाहकार थापाको सम्पर्कमा रहेका परिवारका सदस्यहरु समेतको विहीबार गरिएको स्वाब परीक्षणमा सबैको नेगेटिभ आएको बताइएको छ।
यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।