नुवाकोटको पन्चकन्या गाउँपालिकामा डिजिटल व्यक्तिगत घटना दर्ता शुरु



नुवाकोट असोज २२ ।

नुवाकोटको पन्चकन्या गाउँपालिका वडा न ४ मा जिल्लाकै पहिलो डिजिटल प्राविधिक ब्यक्तिगत घट्ना दर्ता को कार्यक्रम उद्दघाटन गरिएको छ ।

वडा नं ४ मा गाउँपालिकाका उपाध्यक्ष सीता पराजुली खड्का , प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनी, वडा नं ३ का अध्यक्ष रामवावु पराजुली र अन्य अतिथहरूको उपस्थितिमा डिजिटल व्यक्तिगत घटना दर्ताको शुभारम्भ कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा पहिलो सेवाग्राही ज्ञान बहादुर तामाङको छोरा प्रशान्त तामाङको डिजिटल जन्म दर्ता प्रमाण पत्र हस्तान्तरणा गरि पञ्चकन्या गाउँपालिकाको पहिलो डिजिटल जन्म दर्ता प्रमाण पत्र प्राप्त गर्ने सेवाग्राही बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्