काठमाडौं उपत्यकामा आईसीयू र भेन्टिलेटर बेड अभाव छैन: स्वास्थ्य मन्त्रालय



काठमाडौं असोज २२ ।

सरकारले काठमाडौं उपत्यकामा आईसीयू र भेन्टिलेटर बेड अभाव नरहेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जोश्वर गौतमले उपत्यकामा रहेका १८१ आईसीयू बेड मध्ये विहीवारसम्म ८२ जना बिरामी मात्र भर्ना भएको जानकारी दिएका हुन् ।

केही बिरामी र चिकित्सकहरुले उपत्यकामा आईसीयू र भेन्टिलेटर बेड अभाव भएको गुनासोको सरकारले खण्डन गरेको हो । विहीवारसम्म ९९ आईसीयू र ४९ भेन्टिलेटर बेड खाली रहेको प्रवक्ता डा. गौतमले बताए।

प्रतिक्रिया दिनुहोस्