काठमाडौंमा बिक्री हुने जारको पानी किरा भेटियो



काठमाडौं असोज २२ ।

काठमाडौं उपत्यकामा बिक्री वितरण हुने अक्वा पानी उद्योगको अक्वा फ्रिडम जारको पानीमा किरा परेको पाइएको छ ।

१९ लिटरको अक्वा फ्रिडम ब्राण्डको जारको पानीमा किरा परेको फेला परेको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले कारबाहीका लागि सरकारलाई पत्र लेखेको छ ।

मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सो जारको पानीमा किरा भेटिएको भन्दै कारबाहीका लागि सम्बन्धित निकायमा पत्र पठाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्