काठमाडौँ उपत्यकामा २५ सय ४० कोरोना संक्रमित थपिए
काठमाडौं असोज २२ ।
काठमाडौँ उपत्यकामा बिहीबार २ हजार ५ सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २०८५ , ललितपुरका ३२० , तथा भक्तपुरका १३५ जनामा संक्रमण पुष्टि भएको हो।
नेपालमा पछिल्लो समय कोरोनाको संक्रमण तीब्र गतिमा बढेको छ। पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् ।