डा.केसीको पक्षमा नेविसंघको प्रदर्शन
काठमाडौं असोज २२ ।
नेपाल विद्यार्थी संघ नेविसंघले अनशनरत डा.गोविन्द केसीका माग पूरा गर्न भन्दै सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ ।
कोटेश्वरमा विरोध प्रदर्शन गर्दै नेविसंघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेले गरिब जनताको पक्षमा आवाज उठाउने डा.केसीको माग तत्काल सरकारले पूरा गर्नुपर्ने बताए ।
सरकार आफ्नो पार्टीका नेताहरुको व्यवस्थापनका लागि पद बाँडफाँड गर्न तल्लिन भएकाले डा.केसीका माग सम्बोधन गर्न नचाहेको उनले बताए । विरोध प्रदर्शनमा विद्यार्थी नेताहरु विभिन्न ब्यानेर सहित उपस्थित भएका थिए ।