अनसनरत डा. केसीसँग वार्ताका लागी वार्ता टोली गठन
काठमाडौं असोज २१ ।
डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ ।
सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरेको हो।
टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन् ।
स्वास्थ्य क्षेत्रका विभिन्न क्षेत्रको सुधारको माग गर्दै २४ दिनदेखि अनसनरत डा. केसी त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।