जाजरकोटमा जिप दुर्घटना, वडा अध्यक्ष सहित ५ जनाको मृत्यु



जाजरकोट असोज २१ ।

जाजरकोट जुनिचाँदी गाउँपालिका १ को अउल खोला लोड्नीमा जीप दुर्घटना हुँदा वडा अध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ ।

सदरमुकाम खलङ्गाबाट जुनिचाँदी गाउँपालिकातर्फ छुटेको भे १ ज ९३५ नम्बरको जीप पल्टिँदा वडा नं ११ का वडाध्यक्ष अमरबहादुर शाही , कृति शाही, ख्यामबहादुर शाही , वडा ५ की मालिका बस्नेत, कृष्णबहादुर शाहीको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीले जानकारी दिए।

त्यस्तै दुईजना पानीमा बेपत्ता भएको उनले जानकारी दिए। जुनिचाँदे गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलंगाबाट पराले जाँदै गरेको जिप दुर्घटना परेको हो। जिपमा सवार जुनिचाँदे ११ का नरबहादुर बुढा घाइते भएका छन्। जिप खोलामा परेको छ।

प्रतिक्रिया दिनुहोस्