काठमाडौँ उपत्यकामा १६ सय ८४ जना कोरोना संक्रमित थपिए
काठमाडौं असोज २१ ।
काठमाडौँ उपत्यकामा बुधबार १६८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार २९६, ललितपुरका २९३, तथा भक्तपुरका ९५ जनामा संक्रमण पुष्टि भएको हो ।
बुधबार देशभर एकै दिन ३ हजार ४ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।