राजु र शान्ताका स्वरमा रहेको ‘गाउँमै मनाऔँ दशैं तिहार’ सार्वजनिक



काठमाडौं असोज २१ । लोकगायक राजु परियार र शान्ता कार्कीका स्वरमा “गाउँमै मनाऔँ दशैं तिहार” गीति भिडिओ सार्वजनिक गरिएको छ ।

चाडपर्व नजिकिँदै गर्दा गीतका माध्यमबाट सुखदुःख आदानप्रदान गर्न रचना गरिएको गीतका रचयिता जीवन प्याकुरेलले बताए । “मनका कुराहरु व्यक्त गर्ने बलियो माध्यम गीत हो”, उनले भने ।

रिमेशकुमार थापाले निर्माण गरेको भिडिओको गीतमा लयसङ्गीत रिमेशकुमार, सङ्गीत संयोजन विजय थापा र मिक्सिङ/मास्टरिङ कृष्ण बाजुरालीले गरेका छन् । विक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा अभिनय टीका जैसी, ध्रुव हिमाली र दिनेश केसी, छायाङ्कन अमन बडु र सम्पादन लक्ष्मण चौहानको छ । गीतको भिडियो डिएआर मुभिजको आधिकारिक च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्