कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण



काठमाडौं असोज २० ।

कलाकार हरिवंश आचार्य दम्पतीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आचार्यले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई र श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। कोरोनाको सामान्य लक्षण देखिएकाले सोमबार परीक्षण गराउँदा श्रीमती रमिलाको र आफ्नो दुवैजनाको कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी गराएका छन्।

अहिले आफूहरु होम आइसोलेसनमा रहेको र दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्