काठमाडौं उपत्यकामा १०१७ जना कोरोना संक्रमित थपिए



काठमाडौं असोज २० ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १०१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

काठमाडौंमा ७८३ जना, भक्तपुरमा ११६ र ललितपुरमा ११८ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

उपत्यकामा कोराना संक्रमितको संख्या ३२ हजार ६५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्