कोरोना संक्रमणबाट नेपालमा थप ५ जनाको मृत्यु
काठमाडौं असोज २० ।
कोरोना संक्रमणबाट नेपालमा थप ५ जनाको मृत्यु भएको छ ।
मोरङ, चितवन, धरान र नवलपुरमा गरी थप ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङका २ जना पुरुष, चितवन र धरानका एक÷एक पुरुष र नवलपुरकी महिला रहेकी छिन् । महिलाको गएराति मृत्यु भएको हो भने पुरुषहरुको आज विहान मृत्यु भएको हो ।
मृत्यु भएका सबैजना दिर्घरोगी रहेको अस्पतालहरुले जनाएका छन् । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड –१९ अस्पतालमा आज विहान एक पुरुषको सङ्क्रणबाट मृत्यु भएको हो ।
मृत्यु हुनेमा धरान उपमहानगरपालिका–३ का ६४ वर्षीय पुरुष रहेका प्रतिष्ठानका प्रवक्ता डा आशिस श्रेष्ठले जानकारी दिए । यसैगरी, चितवन मेडिकल कलेजमा उपचाररत दुई संक्रमितको पनि मंगलवार मृत्यु भएको छ ।
नवलपुर कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको आज विहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । यसैगरी, भरतपुर महानगरपालिका ३ का ७० वर्षीय अर्का एक पुरुषको पनि गएराति निधन भएको अस्पतालले जनाएको छ । यो संगै मुलुकमा कोरोनाबाट ज्यान जानेको संख्या ५ सय ५९ पुगेको छ ।